जुवा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडाैं | माघ १६, २०७९

जुवा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं:   काठमाडौंको विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।


काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद एक लाख ३३ हजार ५० रुपियाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यसैगरी, काठमाडौं महानगरपालिका–९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मासहित नौ जना पक्राउ परेका छन् ।


सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ८९ हजार ४८० रुपियाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्