स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित
काठमाडाैं | माघ २१, २०७९

काठमाडौं: स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।शनिबार काठमाडौंमा भएको मञ्चको आठौं वार्षिक साधारणसभा र पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ।
मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन हुनुभएको छ।त्यसैगरी प्रदेश संयोजकमा प्रदेश १ मा जुना भट्टराई, मधेश प्रदेशमा सुष्मा कर्ण, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ। सुदूरपश्चिम प्रदेश संयोजक कार्यसमितिले तोक्ने निर्णय भएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...