स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित
काठमाडाैं | माघ २१, २०७९
काठमाडौं: स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।शनिबार काठमाडौंमा भएको मञ्चको आठौं वार्षिक साधारणसभा र पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।
मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ।
मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन हुनुभएको छ।त्यसैगरी प्रदेश संयोजकमा प्रदेश १ मा जुना भट्टराई, मधेश प्रदेशमा सुष्मा कर्ण, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ। सुदूरपश्चिम प्रदेश संयोजक कार्यसमितिले तोक्ने निर्णय भएको छ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

