'नेतालाई आर्थिक सहयोग गर्न पालिकाको सिफारिस नचाहिने, गरिब जनतालाई किन चाहिने ?'
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं: सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याई गरेको बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए।
नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए।
उनले भने, 'गरिब जनताको स्वास्थ्य उपचार तथा अरु कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्यो भने सरकारले पालिकाको सिफारिस ल्याउ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन ? यसलाई सुधार गर्नुपर्छ।' गोरखापत्र अनलाइन
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...
ढोरपाटनः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...

