पर्यटक तान्न काहुँ महोत्सव

पाेखरा | माघ २३, २०७९

पर्यटक तान्न काहुँ महोत्सव

कास्की: पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ । 

 

बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । 

 

सोही ठाउँमा पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गतेदेखि १४ गतेसम्म ‘काहुँ धरहरा महोत्सव’ गर्न लागिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तव्य स्थानका रूपमा विकास गर्ने सकिने गुरुङले बताउनुभयो ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रसारबाट काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुराँसलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।

 

महोत्सवमा दृश्यावलोकनको साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ । 

 

सो महोत्सवमा करिब ५२ लाख रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सवबाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहाय विद्यार्थीलाई सहयोग गरिनेछ । काहुँ धरहरा चढेर पूरा पोखरा अवलोकन गर्न सकिन्छ । गत वर्षको असोजदेखि धरहरा चढेको टिकट काट्नुपर्ने व्यवस्था गरेको गुरुङले बताउनुभयो । पर्यटकलाई थप सुविधाका लागि धरहरा नजिकै तीनवटा रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।    

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्