आजदेखि सुन्दर यातायातको विद्युतीय बस सञ्चालन बन्द
काठमाडाैं | माघ २३, २०७९
काठमाडौं: सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ।
यातायाले आफ्ना विद्युतीय मेसिन/स्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हाे।
नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायाले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो।
कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ।
विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ।
कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्दछ।'
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

