संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत

काठमाडाैं | माघ २५, २०७९

संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत

काठमाडौँ:  भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ ।  बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

 

‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् ।

 

नेकपा एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् । 

 

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिएपछि एमाले अध्यक्ष ओलीले एमालेलाई पाखा लगाएर कांग्रेससँग सहकार्य गर्न खोजिएको आशंका गरिरहेका छन् । यस्तोमा सत्ता गठबन्धनभित्रै ‘खटपट’ को अवस्था देखिएको छ । यहीं बेला राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बहिरिएपछि राजनीतिक समीकरणमा फेरबदल हुनसक्ने अनुमान गर्न थालिएको छ ।

पोखरा:   गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।  साम...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदिप...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोग...

थप पढ्नुहोस्