संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो :प्रदीप पौडेल
काठमाडाैं | माघ २५, २०७९
काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले नयाँ संसद 'चुनावी सभा'जस्तो लागेको बताएका छन्। आफू पहिलो पटक संसद प्रवेश गरेको भन्दै त्यो संसद हो कि चुनावी सभा हो छुट्याउन गाह्रो भइरहेको उनको भनाइ छ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले संसदमा सांसदहरूले सामान्य कुरामा समेत ख्याल नगरेको पाइएको बताए।
'विभिन्न पार्टीबाट सांसदहरू संसदमा आउने भएपनि सबैको उद्देश्य समग्र व्यथितिका विरूद्ध लड्ने होला सोचेको तर त्यो अनुमान फेल खायो त्यो निरासामा परिणत भयो,'उनले भने कुनै तथ्यमा आधारित भएर बोल्नुपर्दैन। सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नुहुँदैन,यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ भनेर कसैले महशुस गरेको देखिएन।'
संसदजस्तो गरिमामय संस्थामा सांसदहरूले एकले अर्कोलाई गाली गर्ने,मर्यादा कायम नगरेको भन्दै आपत्ती जनाए। उनले भने,'एकले अर्कालाई गाली गर्ने। कुनै पनि मर्यादा कायम नगर्ने। म हुँदा सबै ठिक हुन्छ, म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन दम्भ प्रस्तुत जुन खालको प्रवृत्ति देखिएको छ। यही संस्कारको विकास भयो भने लोकतन्त्रमाथि धेरै ठूलो खतरा हुने स्थिति छ।'
उनले गणतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसको ठूलो त्याग,तपस्या र योगदान रहेको बताए। संघर्षबाट थुप्रै उपलब्धि प्राप्त भएको भन्दै उनलेव्यवस्था परिवर्तन भएपनि अवस्थालाई अनुभूति गर्नेगरी परिवर्तन गर्न नसकिएको बताए।
उनले भने,'गणतन्त्र प्राप्तिको आन्दोलनमा जंगलमा बसेर हतियार बोकेर नभइ नारायणीहिटी दरबारको नाकैमुनि बसेर तमाम बेथितिको अन्त्यका लागि आफूलाई जोखिमा राखेर संघर्ष गरेका थियौं। त्यो संघर्षबाट उपलब्धि भएनन् भन्ने होइन। थुप्रै उपलब्धी भए। तर,अनुभूति हुनेगरी स्थिति बनेन।'
अहिलेको आवश्यकता शालिक व्युताउने नभइ देशलाई समृद्धि बनाउन रहेको उनको भनाइ छ।'आज फेरि भत्किएका, ढालिएका शालिकहरू व्युताउन खोजिएको छ। आजको आवश्यकता शालिक व्युताउने होइन देशलाई समृद्धि बनाउने हो।'
ढोरपाटनः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...

