बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश
पाेखरा | माघ २५, २०७९
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् ।
खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १/१ गोलको योगदान दिए ।
यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।
तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए ।
त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।
यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे ।
छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।
सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए ।
आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।
खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् ।
पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

