बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश

पाेखरा | माघ २५, २०७९

बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश

पोखरा:  पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । 

 

खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन  गुरुङले समान १/१ गोलको योगदान दिए ।

 

यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए । 
तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा  सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए ।
 

 

त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।

 

यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे ।
 

 

छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।
 

 

सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए ।

 

आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए । 

खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् ।

 

पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्