प्रधान सेनापतिद्वारा सहायक रथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडाैं | माघ २६, २०७९
माडौं: प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज (बिहीबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
पदोन्नति हुनु भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।
सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति हुनुभएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

