किसानको संरक्षणको लागि संघ र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरुङ
पाेखरा | माघ २८, २०७९
पोखरा: गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने वताएका छन ।
गण्डकी प्रदेशका किसानहरुको संरक्षणका लागि संघ र स्थानीय तह संग समन्वय गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा वताएका हुन । मन्त्री गुरुङले किसानहरुको संरक्षणका लागि प्रदेश सरकारको मुख्यमन्त्री सहित सिंगो मन्त्रीपरिषदको ध्यान केन्द्रीत भएको समेत वताए ।
किसानहरुले बजारमा भाउ पाउन नसक्नुको मुख्य कारण बजार नियन्त्रण गर्ने संयन्त्र निर्माण हुन नसक्नु रहेको वताउदै त्यसका लागी छिट्टै संयन्त्र निर्माण गरी अगाडि वढ्ने उनको भनाइ रहेको थियो । खुल्ला नाकाका कारण स्थानिय उत्पादनले भाउ पाउन नसकेको वताउदै गण्डकी प्रदेश मासु र दुधमा आत्मनिर्भर भनिएको भएतापनि बाहिरी उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्दा आफ्नो उत्पादनले बजार नपाएको र नाकामा बाहिरबाट उत्पादन भएको बस्तु रोक्नलाई संविधानमा उल्लेख नभएकाले यसबारेमा आफुले मुद्धा उठाएर गण्डकी प्रदेशको मुख्य नाका पाल्पा र आंबुखैरेनीमा चेकपोष्टको ब्यवस्था गरी कृषक र उत्पादनलाई संरक्षण गर्ने गरी विष्तृत अध्ययन गर्ने समेत वताए ।
संघ, प्रदेश र स्थानिय तहबीच समन्वय र सहकार्य भनिएतापनि त्यसअनुरुप हुन नसक्दा कर्मचारी दरबन्दी पुरा हुन नसकेको वताउदै मन्त्री गुरुङले कृषि अनुदानबाट कृषकहरुले राहत पाउन नसकेको र त्यसलाई परिवर्तन गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो ।
कृषि उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि अनुदानको मोडालिटि परिवर्तन गर्न आफुहरु लागिरहेको वताए । कर्मचारी दरवन्दी ठुलो समस्याको रुपमा आउनुको मुख्य कारण प्रदेश नियमावली आउन नसक्नु भएको वताउदै हुमागाइले कर्मचारी दरबन्दीका लागि प्रदेश लोक सेवा आयोगले काम गर्न नसकेको र फागुन भित्र यसको किनारा लाग्ने उनको भनाइ रहेको थियो । त्यसैगरी स्थानिय तहको पदपूर्ति प्रदेश सरकारको बसमा नरहेकाले यसलाई विधि बनाएर अगाडि वढाउन आवश्यक रहेको समेत वताए ।
दुरदराजका तहहरुमा दरवन्दी पूर्ती गर्न नसकिरहरदा प्राविधिक सेवालाई गाउगाउमा पुर्याउन नसक्दा समयमा रोगको पहिचान गराउन नसकेकै कारण रोगको न्युनिकरण भन्दापनि नया रोगहरु चुनौतीको रुपमा आइरहेको समेत उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्ष डाक्टर शितलकाजी श्रेष्ठले कर्मचारी दरबन्दी तोकिएको भएतापनि कर्मचारी अभावका कारण कृषि र पशुपालनको क्षेत्रमा उल्लेख्य परिवर्तन हुन नसकेको वताउदै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । कृषि प्रधान देश भनिएतापनि तीन तहको सरकारले पांच वर्ष विताइसक्दापनि यसबारेमा कुनैपनि सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो रहेको थियो ।
नेपाल ह्याचरि संघ गण्डकीका अध्यक्ष मोति प्रसाद पौडेलले खुल्ला सिमाका कारण बास्तबिक किसानको उत्पादनले बजारमा मुल्य नपाएको वताउदै यस्तै प्रकृया अगाडि बढे कृषकहरुले पनि आत्मदाह गर्ने अवस्था आउने वताए । त्यसैगरी बास्तबिक किसानहरुले भन्दापनि नया किसानहरुलाई मात्र सरकारले कृषि अनुदान दिइरहेकाले बास्तबिक किसानहरु मारमा परिरहेको र बास्तबिक किसानहरु अझैपनि अनुदानको बारेमा अनविज्ञ रहेको उनको भनाइ रहेको थियो ।
नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर केदार राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एशोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिएभने कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राखेकी थिइनभने कार्यक्रमको सञ्चालन डाक्टर सोनिया गुरुङले गरेकी थिइन ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

