त्रिभुवन विमानस्थलबाट एक वर्षमा ७९ लाख ५४ हजारले गरे यात्रा
काठमाडाैं | माघ २९, २०७९
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा साढे ७९ लाख यात्रु आवतजावत गरेका छन्।
विमानस्थल कार्यालयकाअनुसार सन् २०२२ मा ७९ लाख ५४ हजार ४८० जना यात्रु आवतजावत गरेका हुन्।
हवाई यात्रामा यो संख्या हालसम्मकै धेरै हो। सन् २०२१ मा ३५ लाख २८ हजारले आन्तरिक र १४ लाख ५७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । कोरोना माहामारीपछि भने हवाई यात्रु बढेको तथ्याङ्कले देखाउँछ।
सन् २०२२ मा अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले यात्रा गरेका छन्। उक्त यात्रु बोक्नका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले एक वर्षमा त्रिभुवन विमानस्थलमा २४ हजार तीन सय १२ पटक उडान अवतरण गरेको तथ्यांकमा उल्लेख छ।
त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ जनाले यात्रा गरेका छन्। यी यात्रु बोक्न आन्तरिक वायुसेवाहरूले एक लाख आठ हजार २०२ पटक उडानरअवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।
कुन महिना कति यात्रु?
तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ सन् २०२२ को जनवरीमा दुई लाख ८ हजार ४५, फेब्रुअरीमा एक लाख ८१ हजार ५६१, मार्चमा दुई लाख ५२ हजार ९६४, अप्रिलमा दुई लाख ५६ हजार ९४६, मे मा दुई लाख ९४ हजार ५०९ जनाले आवतजावत गरेका छन्।
त्यस्तै जुन महिनामा दुई लाख ८० हजार १९१, जुलाईमा दुई लाख ७५ हजार ६२४, अगस्टमा दुई लाख ८१ हजार ६९६ जनाले यात्रा गरेका छन्।
तथ्याङ्कअनुसार सेप्टेम्बरबाट यात्रुको संख्या तीन लाख बढी पुगेको छ। सेप्टेम्बरमा तीन लाख ३९ हजार १३४, अक्टोबरमा तीन लाख ६० हजार ७ सय, नोभेम्बरमा तीन लाख ६४ हजार ७२४ र डिसेम्बरमा तीन लाख ५२ हजार १३४ जनाले यात्रा गरेका छन्।
त्यसैगरी आन्तरिकतर्फ सन् २०२२ को जनवरीमा तीन लाख ५० हजार ७४९, फेब्रुअरीमा तीन लाख ६३ हजार ८३५, मार्चमा चार लाख ३६ हजार १७९, अप्रिलमा चार लाख ११ हजार १४४, मे मा तीन लाख ९७ हजार ८०३, जुनमा तीन लाख ५५ हजार ३०४ जनाले यात्रा गरेका छन्।
त्यस्तै जुलाईमा तीन लाख ३२ हजार ९०५, अगस्टमा तीन लाख ३३ हजार पाँचसय, सेप्टेम्बरमा थीन लाख ५६ हजार ३६४, अक्टोबरमा चार लाख २ हजार ५४५, नोभेम्बरमा तीन लाख ५३ हजार १०९ र डिसेम्बर महिनामा तीन लाख ७२ हजार ७१५ जनाले यात्रा गरेका छन्।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

