प्रश्नै प्रश्न: सुन्दर पोखराको सुन्दरता झन्झन् घट्दै आयो नि हजुर ?
काठमाडाैं | जेठ २३, २०७९

आशिष राई (आम नागरिक): सुन्दरनगरी पोखरालाई ‘स्मार्ट सिटी’ बनाउने नारासहित २०७४ सालमा मान बहादुर जिसीले चुनाव जिते तर पाँच वर्ष बितिसक्दा नाराले मूर्तरुप पाएन ।
पोखराले अहिले नया नेतृत्व पाएको छ । आगामी पाँच वर्षका लागि धनराज आचार्यले पोखरालाई हाँक्नेछन् ।
पोखरालाई ‘आहा! पोखरा’ बनाउने सन्दर्भमा अल्झिएका र अधुरा रहेका विषयमा केन्द्रीत भएर खोटाङ घर भई हाल पोखरा ८ सिमलचौर बस्दै आएका आशिष राईले सुनगाभा न्युज मार्फत सम्बन्धित मेयर तथा नेतारुलाई प्रश्न गरेका छन् ।
-स्मार्ट सिटीको नाराले २०७४ को स्थानीय निर्वाचन जितायो, अनि परिवर्तन शुन्य छ मेयरसाब! तपाइको पनि हालत यही त हुदैन नि?
-सुन्दर पोखराको सुन्दरता झन् घट्दै आयो नि मेयरसाब ?
-फेवातालको अतिक्रमण तपाइको पालामा रोकिएला त? अनि फोहोरमैला व्यवस्थापन कसरी गर्नुहुन्छ ? कि सडकमै भण्डारण भइरहने हो ?
-साइकल लेन विस्तारले मात्रै स्मार्ट सिटीको परिभाषा पुरा हुन्छ ? मेयरसाब!
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...
काठमाडौं: गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...
पोखरा: पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...