प्रधानमन्त्री प्रचण्डसँग कोरिया राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

काठमाडाैं | फागुन २, २०७९

प्रधानमन्त्री प्रचण्डसँग कोरिया राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेट गरेका  छन्।

 

मंगलबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

 यसअघि सोमबार  कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गरेका  थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।

 

१७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। जाङ नेतृ्त्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले  जनाएको छ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्