पोखरामा गुरुङ मातृभाषा प्रशिक्षण सुरु

पाेखरा | जेठ २४, २०७९

पोखरामा गुरुङ मातृभाषा प्रशिक्षण सुरु

पोखरा:     गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

 

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताउनुभयो । 

 

गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।  यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।

 

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ कृष्ण प्रसाद पौडेल, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम बहादुर गुरुङ, ओम बहादुर गुरुङ, हर्क गुरुङ लगायतले मातृभाषा प्रशिक्षण कार्यक्रमको आवश्यकताको बारेमा बोल्नुभएको थियो ।

 

कुल २७ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण ओम बहादुर गुरुङले गर्नुहुनेछ । क्होलादीप तमु समाज भवनमा आयोजित प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा  र नेवारी भाषाको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी असार १० गतेदेखि १२ गतेसम्म ‘प्रज्ञा उत्सव’ नामक बृहत कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाउनुभयो ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्