स्वास्थ्य सेवालाई सुदृढ बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं | फागुन ९, २०७९

स्वास्थ्य सेवालाई सुदृढ बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताएकी छन्। मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन्।

 

राष्ट्रपति भण्डारीले भनिन्, ‘बेला बखत महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ।’ 

 

आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा भण्डारीले जोड दिइन्। स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने उनले बताइन्। स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ। 

 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलेले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो’, उनले भने, ‘दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं।’

 

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले प्रतिष्ठानको काम र अपेक्षाबारे बोलेका थिए। प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले प्रदेशको स्वास्थ्य र शैक्षिक गन्तब्य हेटौंडालाई बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए। 

 

नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले हेटौंडा अस्पतालालाई ५० बेडबाट १५० मा स्तरोन्ननी गरेको छ। संघीय सरकारको ३५ करोड सहयोगमा प्रतिष्ठानले ७० बेडको नयाँ भवन निर्माण गरेको हो।

ताप्लेजुङ:  सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।  स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...

थप पढ्नुहोस्

पर्सा:   स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गा...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

थप पढ्नुहोस्