‘राष्ट्रपतिबारे सोचिसकेको छैन, यो कुरा पर्दा भित्र नै रहनदिउँ’
काठमाडाैं | फागुन ९, २०७९
दाङ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने उनी खुलेनन् ।
लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ-देउखुरी पुगेका नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए । ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भनेर सोचिसकेको छैन,’ उनले भने ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने बताए । यसबारे हतारमा केही नबोल्ने बताउँदै उनले भने, ‘प्रेसमा आएका कुराहरु सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दा भित्र नै रहनदिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’
उनले अगाडि भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुको निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता भएको उनले बताए ।
प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको बताउँदै उनले त्यसै अनुसार सम्मानित नेता झलनाथ खनाललाई अघि सारेको जानकारी दिए । तर खनाल निर्वाचनमा पराजित भएकाले विभिन्न नाममा छलफल भइरहेको उनले बताए ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

