ढुवानी भाडा नबढाउन चेम्बर अफ कमर्सकाे माग

कास्की | जेठ २४, २०७९

ढुवानी भाडा नबढाउन चेम्बर अफ कमर्सकाे माग

पोखरा:  नेपाल आयल निगमले इन्धनको मूल्यमा गरेको हेरफेरसँगै आफूखुसी ढुवानी भाडा वृद्धि नगर्न पोखरा चेम्बर अफ कमर्स कास्कीले ढुवानी व्यवसायीलाई आग्रह गरेको छ ।

 

चेम्बरका महासचिव नवराज आचार्यले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक रुपमा मूल्य निर्धारण गर्न आग्रह गरेका हुन् । 

 

‘सम्पूर्ण व्यवसायी गतिविधिको मेरुदण्डको रुपमा रहेको ढुवानी व्यवसायसमेत इन्धनको मूल्य वृद्धिले व्यवसायको लागत मूल्य बढाएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान विषम परिस्थितिको मौका छोपी सरोकारवाला संस्था तथा व्यक्तिसँग राय, परामर्श नगरी आफू खुसी गरिएको ढुवानी भाडा वृद्धिले सम्पूर्ण सर्वसाधारणमा भार परेको छ ।’

 

विज्ञप्तिमा आन्दोलनका नाममा मूल्य एकाधिकारको प्रयोग गरी आफूखुसी ढुवानीको भाडा बढाउने कार्यले व्यवसायीको पनि अप्रत्यासित रुपमा लागत वृद्धि हुन गई सम्पूर्ण व्यवसायिक प्रणाली धरासायी हुने खतरा बढेको दाबी गरिएको छ ।

 

अहिलेको परिस्थितिले सम्पूर्ण वस्तु तथा सेवाको मूल्य वृद्धि हुने तथा सरकारको खुला बजार तथा प्रतिस्पर्धात्मक बजारको अवधारणालाई नै चुनौती दिने गरी एकाधिकार मूल्य अवलम्बन गरिएको उल्लेख गर्दै विज्ञप्तिमा ढुवानी व्यवसायीलाई जती सक्दो चाँडो सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरी वैज्ञानिक मूल्य निर्धारण गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाल सरकारलाई यो विषयलाई गम्भीर रुपमा लिई अविलम्ब ठोस निर्णय लिन ध्यानाकर्षण गराइएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्