लुटपाट आरोपमा विप्लव नेकपाका तीन जना नेता गिरफ्तार
काठमाडाैं | फागुन १७, २०७९
जाजरकोट: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन.आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
दुर्व्यवहार तथा आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले मङ्गलबार राती ११ बजे सदरमुकाम खलङ्गाबाट गिरफ्तार गरिएको जानकारी दिनु भयो । कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपाट भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रोकाले जानकारी दिनुभयो ।
मङ्गलबार भेरी ११ कटी गाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारबाही गरेको भन्दै नेकपाले एक विज्ञप्ति जारी गर्दै जनकारबाहीको समर्थन जनाएको थियो । उता नेकपा माओवादीले प्रहरीले आफ्ना नेताहरूलाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

