प्रतिनिधि सभा बैठक स्थगित
काठमाडाैं | फागुन १७, २०७९
काठमाडौं: आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।
सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

