बिक्री भएन स्याउ, किसान मर्कामा
जाजरकोट | फागुन २३, २०७९
जाजरकोट: चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् ।
नलगाड नगरपालिका–१३ का महेन्द्र बोहराले तीन गाडीभन्दा बढी स्याउ उत्पादन हुने गरेको बताउनुभयो । बिक्री वितरण र चिस्यान केन्द्र नहुँदा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । “गाउँमा यातायातको सहज पहँुच छैन, सरकारले कोल्ड स्टोर निर्माण गर्दैन । बजार अभावका कारण उत्पादन गरेको वस्तु कुहिएर नष्ट हुने गरेको छ,” बोहराले भन्नुभयो । स्थानीय मेलापर्वमा थोरै बिक्री हुने भए पनि बाँकी कुहिएर नष्ट हुने गरेको उहाँले बताउनुभयो ।
स्याउ उत्पादनलाई प्राथमिकता दिएको स्थानीय सरकारले बजारीकरणका लागि सडक सञ्जाल र कोल्ड स्टोरको व्यवस्थापनमा ध्यान नदिँदा किसान मर्कामा परेका हुन् ।
नलगाड नगरपालिकाले १३ वटै वडामा माटो परीक्षण गरी पकेट क्षेत्रका आधारमा तरकारी, खाद्य बाली, बिरुवा, मौरी घार वितरण गरेको थियो । वडा नं. १३ लाई नगरपालिकाले स्याउको पकेट क्षेत्र घोषणा गरेको छ । कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानको लागत साझेदारीमा बिरुवा वितरण गरेको बताउनुभयो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

