बगरमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला
पाेखरा | जेठ २५, २०७९
पोखरा: पोखरा महानगरपालिका २ स्थित विध्यबासिनी मार्गमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको छ ।
केही समयदेखि बेवारिसे अवस्थामा बा प्र ०३ ००२ प ४९३४ नम्बर (१५० सिसी) को पल्सर मोटरसाइकल रहेको स्थानीय तथा युवा व्यवसायी बावुराम भण्डारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाइकलको अगाडीको पाङ्ग्रो निकालिएको छ । ‘धेरै समयदेखि यही थियो । अगाडीको पाङ्ग्रा पनि थिएन । यहाँ नजिकका बासिन्दालाई जानकारी गराएपनि सनाखत हुन सकेन । त्यसपछि प्रहरीलाई खबर गरेका थियौ, उनले भने, ‘अहिले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा छ ।’
उनका अनुसार उक्त मोटरसाइकल गत दुई महिनादेखि बेवारिसे अवस्थामा रहेको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

