बगरमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला
पाेखरा | जेठ २५, २०७९

पोखरा: पोखरा महानगरपालिका २ स्थित विध्यबासिनी मार्गमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको छ ।
केही समयदेखि बेवारिसे अवस्थामा बा प्र ०३ ००२ प ४९३४ नम्बर (१५० सिसी) को पल्सर मोटरसाइकल रहेको स्थानीय तथा युवा व्यवसायी बावुराम भण्डारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाइकलको अगाडीको पाङ्ग्रो निकालिएको छ । ‘धेरै समयदेखि यही थियो । अगाडीको पाङ्ग्रा पनि थिएन । यहाँ नजिकका बासिन्दालाई जानकारी गराएपनि सनाखत हुन सकेन । त्यसपछि प्रहरीलाई खबर गरेका थियौ, उनले भने, ‘अहिले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा छ ।’
उनका अनुसार उक्त मोटरसाइकल गत दुई महिनादेखि बेवारिसे अवस्थामा रहेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकाल...
पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ । फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जो...
पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ । ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान भेटिएको थ...