गण्डकी प्रदेश प्रहरीले सुरु गर्यो लघु सचेतनामुलक कार्यक्रम

काठमाडाैं | चैत ३, २०७९

गण्डकी प्रदेश प्रहरीले सुरु गर्यो लघु सचेतनामुलक कार्यक्रम

  पोखरा:  गण्डकी प्रदेश प्रहरीले लक्षित जनसमुदायमा पुगी छोटो समयमा सरल र प्रभावकारी तरिकाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा स्थापनार्थ सचेतना अभिवृद्धि गर्ने  उद्देश्यका साथ लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ ।


यस अन्तर्गत गण्डकी प्रदेश प्रहरीले विद्यालयहरुमा प्रार्थनाको समयमा, टोल बिकास संस्था तथा आमा समुहहरुको नियमित बैठकको समयमा, विभिन्न क्लवहरुको खेल सुरुहुने समयमा, बस पार्कहरुमा प्रहरी कर्मचारी पुगी बिभिन्न विषयका शान्ति सुरक्षा सम्बन्धी पर्चा वितरण र छोटो अन्तरक्रिया गरी १० देखी १५ मिनेट सम्मको कार्यक्रम सञ्चालन गर्ने रणनीति तय गरेको छ । यस क्रममा सुरक्षा सचेतनाको कमि भएको समुदाय र विषय  पहिचान गरी  सोही समुदायमा आवाश्यक विषयको लघु सचेतनामुलक कार्यक्रमहरु सञ्चालन  गर्नेछ ।


यस लघु सचेतना कार्यक्रमहरु अन्तर्गत लागुऔषध दुर्व्यसनी नियन्त्रण, महिला हिंसा रोकथाम, सडक दुर्घटना न्यूनिकरण, बालबिबाह र मानव वेचबिखन रोकथाम, घरेलु हिंसा न्यूनिकरण, साईबर सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ  । 


लघु सचेतनामुलक कार्यक्रमहरु मार्फत नागरिकहरु सुसुचित भई आफ्नो समाजमा हावी रहेका लागुऔषध दुर्व्यसनि, महिला हिंसा, सडक दुर्घटना, बालबिबाह, मानव वेचबिखन, घरेलु हिंसा, साईबर अपराध लगायतका विषयमा आफु सचेत र सुरक्षित रहि प्रहरीलाई सुचना प्रदान गर्ने अपेक्षा राखीएको छ ।  
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएका उक्त कार्यक्रमहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नयाँ स्वरुप प्रदान गरी ११ ओटै जिल्लामा  निरन्तर सञ्चालन गर्न निर्देशन गरीएको छ ।
  
    
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्