रेवान कप टेनिस उपाधिका लागि राजन र नविन भिड्ने

पाेखरा | चैत ४, २०७९

रेवान कप टेनिस उपाधिका लागि राजन र नविन भिड्ने

पोखरा:    राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् । 


कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६-४, ६-४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे ।


डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । भट्टराई जोडीले पदम गुरुङ्ग र हुम आलेको जोडीलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नविन जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सेटमा पराजित गर्दै फाइनल पुगे ।


प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिको फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ ।

 

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

थप पढ्नुहोस्

ढोरपाटनः  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...

थप पढ्नुहोस्