‘धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले जिम्मा लिएर बनाउनुपर्यो ’ : रघुजी पन्त

काठमाडाैं | चैत ५, २०७९

‘धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले जिम्मा लिएर बनाउनुपर्यो ’ : रघुजी पन्त

काठमाडौँ:  नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् ।

 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको  रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’

 

उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए । 

 

उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन  ।  त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्