भोटेकोशी र सुनकोशीमा पक्की पुल बन्दै

काठमाडाैं | चैत ७, २०७९

भोटेकोशी र सुनकोशीमा पक्की पुल बन्दै फाइल तस्बिर

सिन्धुपाल्चोक:   सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने पक्की पुल निर्माण हुने भएको छ। 

 

पुल निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिसकिएको छ। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो। 

 

चीनको तिब्बतको सीमा उक्त गाउँमा शेर्पा समुदायको बाहुल्यता छ। वर्षौदेखि सो गाउँवासी भोटेकोशी नदी तरेर वारपार गर्दै आइरहेका छन्। पुल निर्माणपछि १५० भन्दा बढी घरधुरीका बासिन्दा लाभान्वित हुने र जोखिम मोलेर भोटेकोशी नदी तरेर घर जानुपर्ने बाध्यताबाट मुक्त हुने छन्। 

 

राज्यबाट हुने विकास निर्माणबाट वञ्चित उक्त गाउँमा भर्खरै मात्र सडक पु-याइएको छ। नागरिकको दैनिकीलाई सहजताका लागि पक्की पुल बनाउन पालिका अध्यक्ष शेर्पालगायतका जनप्रतिनिधिले गरेको प्रयास सकारात्मक रहेको नेपाल चेम्बर अफ कमर्स भोटेकोशी गाउँपालिका समितिका अध्यक्ष फुनु शेर्पाले बताउनुभयो।    

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्