हेमजा गोल्डकपको तयारी पुरा, उद्घाटनमा आयोजक र वीरगञ्ज भिड्ने
प्रवेश शुल्कः सयदेखि ३ सयसम्म
पाेखरा | जेठ २६, २०७९
पोखरा: हेमजा युनाइटेडको आयोजनामा हुने ‘छैटौं नेपाल आइस अन्र्तरराष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने उक्त गोल्डकपको सबै तयारी पुरा भएको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए । उनका अनुसार दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी ५ गते दिनको १ बजे हुनेछ । त्यसैगरी तेस्रो खेल ६ गते खुमलटार युवा क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
क्वाटरफाइनलको अन्तिम खेल ७ गते फुटबल क्लब डाउला र विभागीय टोली सशत्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६ लाख प्रदान गरिने अध्यक्ष कुँवरले बताए । उनका अनुसार उपविजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख हात पार्नेछ ।
यसैगरि प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ट्रफीसहित ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, डिफेण्डर र उदीयमान खेलाडीले ट्रफीसहित नगद रु २० हजारबाट पुरस्कृत हुनेछ भने सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार प्राप्त गर्नेछ । र प्रतियोगिताको प्रत्येक खेलबाट एक खेलाडी म्यान अफ द म्याच घोषित हुदै जहनी ५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।
प्रवेश शुल्कः सयदेखि ३ सयसम्म
पोखरा महानगरपालिका २५ हेमजास्थित गौरीशंकर खेलमैदानमा एक हप्ता सञ्चालन हुने प्रतियोगितामा प्रवेश शुल्क निर्धारण गरिएको छ ।
मोफसलका प्रतिष्ठत क्लब र ए डिभिजन क्लबको सहभागिता रहेको सो प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै आयोजकले सिमित प्रवेश शुल्क निर्धारण गरेको कार्यक्रम संयोजक इन्द्र प्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार उक्त गोल्डकपमा कुल ७ खेल सम्पन्न हुनेछ ।
संयोजक त्रिपाठीले पहिलो चरणको ४ वटा क्वाटरफाइनलको लागि प्रवेश शुल्क १ सय निर्धारण गरिएको बताए । त्रिपाठीका अनुसार सेमीफाइनलका खेलमा टिकदर २ सय निर्धारण गरिएिको छ भने फाइनल खेलमा ३ सय रुपैया तोकिएको छ ।
उक्त गोल्डकप सम्पन्न गर्नका लागि नेपाल आइसले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ ।
खेलकुदसँगै सामाजिक काममा ‘हेमजा युनाइटेड क्लब’
यही वर्ष सम्पन्न कास्की लिग च्याम्पियन हेमजा युनाइटेड क्लबले खेलकुदसँगै सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका खेल्दै आएको छ ।
२०७० सालमा स्थापना भएको क्लबले सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्देश्यसहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए ।
उनले सबैभन्दा पहिले संस्थाको आफ्नै भवन निर्माण गरेको जानकारी दिए । उनका अनुसार छैटौं संस्करणसम्म आइपुग्दा खेलमैदानको स्तारोन्नती, हेमजाको याम्दीदेखि मिलनचोकको सडकखण्डमा ट्राफिक सचेताको साइनबोर्ड जडान सम्पन्न गरेको छ ।
यसैगरि युवा लक्षित नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम, रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई तथा गाँजा फडानी, बालबालिकाहरुका लागि ग्रासरुट प्रशिक्षण तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा आर्थिक लगायतका सहयोग गरिसकेको छ ।
आगामी दिनमा समाज रुपान्तरणका लागि सकरात्मक र रचनात्मक कार्यक्रम निरन्तर आयोजना गर्दै जाने अध्यक्ष कुँवरले बताएका थिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

