लेक लागेर खुम्बुमा एक विदेशीको मृत्यु, उद्धारमा समस्या
काठमाडाैं | चैत ७, २०७९
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।
जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको हाईअल्टिच्यूट अर्थात लेक लागेर मृत्यु भएको बताइएको छ।
तर मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको छ। खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।
अहिले सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा मृतकको पूरा विवरण लिन समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

