क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

कास्की | जेठ २६, २०७९

क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् ।

 

पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।

 

पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका शन्देस नेपाली म्यान अफ द म्याच भए ।

 

अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन  मात्रै बनाउन सक्यो । प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो ।

 

भद्रकालीका असिम गुरुङ्गले १८ बलमा ६ चौकाको मद्धतमा २६ रन बनाए ।

 

बलिङतर्फ ३ ओभरमा २ मेडन सहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ्ग म्यान अफ द म्याच भएका थिए ।

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्