डेस्टिनेशनको अध्यक्षमा सन्तोष
पाेखरा | चैत ९, २०७९
पोखरा: लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३र२०२४ को लागि नया नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा पोखरामा सम्पनं भएको हो ।
क्लवले आगामी लायन बर्ष २०२३र२०२४ को लागि सन्तोष शर्माको अध्यक्षतामा समिति चयन गरेको छ ्र क्लवको प्रथम उपाध्यक्षमा खेमराज तिमिल्सिना ,द्वितीय उपाध्यक्षमा राजु पौडेल ,तृतीय उपाध्यक्षमा अशोक सुनार ,सचिवमा छबी पनेरु ,सहसचिवमा शिव केसी ,कोषाध्यक्षमा डा.सरोज पोखरेल ,सहकोषाध्यक्षमा दिपक सुबेदी, क्लवको शिक्षा संयोजकमा सोमनाथ भण्डारी ,सेवा कार्यको सयोजकमा विभिषण तिमिल्सिनालाई लाई चयन गरेको छ ।
कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम का गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलले आगामी बर्षको लागी चयन भएको नेतृत्वलाई बधाई ब्यक्त गर्दै आफुलाई सेवाको कार्यमा अग्रसर बनाइराख्न निर्देशन दिएका थिए ्र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले बिगत पाच वर्ष देखि संचालन गर्दै आएको वृक्षारोपण कार्यक्रम अन्तर्गतका ८०० बिरुवा समर्क्षण समेत गर्दै आएको कुरा अन्य क्लवहरुका लागी बिरुवा सार्ने मात्र नभई संरक्षण समेत जरुरी हुने सिकाइ भएको बताएका थिए ।
कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एमका द्वितीय डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल ,डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बराल ,डिपार्टमेन्ट चिफ पुषा आचार्य ,क्लवका पुर्व अध्यक्ष ।डा।सरास्वती शर्मा , लक्ष्मण तिमिल्सिना ,डा अमर नागिला ,रामप्रसाद तिमिल्सिना ,रिजन चेयर पर्सन नवराज भण्डारी ,जोन चियर पर्सन रेखा पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।
लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम ले आफ्नो प्रथम कन्भेन्सन्न यहि चैत्र २५ गते पोखरामा गर्दै छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

