पोखरामा पत्रकारहरुका लागि नि:शुल्क आँखा शिविर हुँदै

पाेखरा | चैत १२, २०७९

पोखरामा पत्रकारहरुका लागि नि:शुल्क आँखा शिविर हुँदै

पोखरा:  नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ । 


नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र नेत्रज्योति सङको ४५ औ स्थापना दिवसको उपलक्षमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म सिविर आयोजना गरिने तय भएको छ ।

 

शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको नेत्रज्योति सङ कास्किका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए ।


“हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ  गण्डकी प्रदेश समितिका सचिव यदुनाथ बन्जाराले बताए ।
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्