चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला

काठमाडाैं | चैत २७, २०७८

चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला

प्युठान, चैत २७ गते । चैते दशैँ मनाएर ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला परेका छन् । ससुराली गौमुखी गाउँपालिका–५ खुङबाट आफ्नो घर गौमुखी गाउँपालिका–७ नारिकोट फर्किँदै गरेका ४५ वर्षीय धनबहादुर रोका बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

रोका ढ्वाटेखोला नजिकै बाटोदेखि अन्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ श्रीमतीसँगै फर्किएका रोका श्रीमतीको पछिपछि हुनुहुन्थ्यो ।

श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शनिबार राति साढे १२ बजे मृत अवस्थामा भेटिएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्