चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला

काठमाडाैं | चैत २७, २०७८

चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला

प्युठान, चैत २७ गते । चैते दशैँ मनाएर ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला परेका छन् । ससुराली गौमुखी गाउँपालिका–५ खुङबाट आफ्नो घर गौमुखी गाउँपालिका–७ नारिकोट फर्किँदै गरेका ४५ वर्षीय धनबहादुर रोका बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

रोका ढ्वाटेखोला नजिकै बाटोदेखि अन्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ श्रीमतीसँगै फर्किएका रोका श्रीमतीको पछिपछि हुनुहुन्थ्यो ।

श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शनिबार राति साढे १२ बजे मृत अवस्थामा भेटिएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

थप पढ्नुहोस्