सिकार खेल्ने क्रममा बन्दुकले लागेर गुरुङको मृत्यु
ताप्लेजुङ | चैत १४, २०७९
ताप्लेजुङ: ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो । हाङ्पाङस्थित कालीदह जङ्गलमा सिकार खेल्न गएका गुरुङको सोमबार राति करिब १० बजेतिर छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
घटना लगत्तै हाङ्पाङ प्रहरी चौकीको टोलीले बीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि कार्कीले बताउनुभयो । उहाँका अनुसार घटनाको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गर्न दोभान इलाका प्रहरी कार्यालय चाँगेबाट प्रहरी टोली गएको छ ।
घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याइनेसमेत प्रहरीले जनाएको छ । यता घटनाको विषयमा थप अनुसन्धानको कार्य सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

