नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको बैठक सम्पन्न
काठमाडाैं | चैत १४, २०७९

पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकबाट विविध निर्णय सहित कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वास गरी पहिलो दल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै जनताका विचमा गरेका प्रतिवद्धतालाई सत्तामा रहेका जनप्रतिनिधिहरुले विर्सन नहुने जानकारी गराए ।
“हामीले जनतासँग एउटा संकल्प गरेका छौं, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ । उनले भने, अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउछ ।”
त्यसैगरी सभापति शर्माले नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु साझा रहेको र एउटै डुंगामा बसेको बताउदै पार्टीका कार्यकर्ता र सत्तामा रहेका जनप्रतिनिधिबाट एउटा संरचना बनेको छ । डुङ्गा पल्टेर डुब्दा डुङ्गामा रहेका सबै डुवेझैं कुनैपनि एउटा संरचनाले गलत गरेमा पार्टी र जनप्रतिनिधिलाई प्रत्यक्ष असर पार्ने भनाई रहेको थियो ।
उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका थिए । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ, सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन । बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्ने छ ।”
पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्छ । जसले पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उनले वैठकमा जानकारी गराएका थिए ।
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशिल व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने वैठकबाट निर्णय भएको जानकारी गराएका थिए ।
साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए ।
वैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरण बावु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्नुका साथै कार्यसम्पादन समितिले प्रस्तावहरुलाई सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाको भनाई रहेको थियो ।
उक्त वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहमहामन्त्री रमेश कुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा.टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए।
गलकोटः विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ । काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...
भरतपुर: बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर ...
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...