पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पाेखरा | चैत १४, २०७९

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पोखरा:  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ ।


हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या भने निकै अधिक अर्थात ३१९८ रहेका छन् । यसले सहकारी आवद्ध सदस्यहरु मध्ये युवाहरुको अवस्था हेर्दा केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविधालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्याँकले बताउछ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २३२४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् । 


ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्याँक सार्वजनक गरेको हो । साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विधालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचत कर्तालाई खुत्रुके बक्स वितरण, वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकासन, “सुन्दर भविष्यको लागि बचत”  शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।


प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका छन् । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिनेछ । 


त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्य बमोजिम नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शीप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउने गरि गोष्ठीको योजना बनाईएको छ ।

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्

पोखरा:  माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रेको केन्द्र–४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला म...

थप पढ्नुहोस्

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्