स्याङ्जामा माछा मार्दै गरेका तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जा | चैत १६, २०७९

स्याङ्जामा माछा मार्दै गरेका तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जा : स्याङ्जाको दरौखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन्।  अर्जुनचौपारी गाउँपालिका- ३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ती नागरिक पक्राउ परेका हुन्।​

 

पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा ४१ ,३६ र ४० वर्षका तीन युवा रहेका छन्।

 

स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनियाँ नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल,माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

 

पालिकाले उनीहरुलाई जनही ५/५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ। 

 

सामानसहित तीनजनालाई प्रहरी प्रशासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्