‘बुस्टर डोज’ पोखराको ५ स्थानमा लगाइदैं
पाेखरा | जेठ २७, २०७९
पोखरा: पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक छ ।
दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक गर्दै जानकारी दिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाले जारी गरेको सुचना अनुसार जेठ २७ गते (आज) महानगरको ५ वटा स्थानमा खोपको व्यवस्था गरेको हो ।
पोखरा महानगरपालिका २ विन्ध्यबासिनीस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका १९ स्थित लक्ष्मी नारायण मन्दिर, पोखरा महानगरपालिका ५ मालेपाटनस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका ७ रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्र र पोखरा महानगरपालिका १० रामबजारस्थित शहरी स्वास्थ्य केन्द्र गरि कुल ५ स्थानमा बुस्टर डोज लगाउन पाइनेछ ।
कोभिशिल्ड, भेरोसेलको दोस्रो मात्रा लगाइसकेको ३ महिना पुरा भएको खोपकार्ड अनिवार्य रुपमा साथमा लिएर जानुपर्नेछ । त्यसैगरि जोनसेन र फाइजरको बुस्टर खोपको पनि व्यवस्था रहेको बताइएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

