रामपुर कृषि क्याम्पसको स्ववियु चुनाव रद्द गर्न कांग्रेसको माग

चितवन | चैत १९, २०७९

रामपुर कृषि क्याम्पसको स्ववियु चुनाव रद्द गर्न कांग्रेसको माग

काठमाडौं: नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ।

 

क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

यहाँ चैत १७ गते स्ववियु चुनाव भएको थियो।

 

‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।

 

यस्तै अवैधानिक कार्यको विरोध गर्दा नेविसंघका २ जना घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ।

 

‘क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ। उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

साथै यो घटनाको छानबिन गर्नसमेत कांग्रेसले माग गरेको छ।

 

‘घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ,’ उनले भनेका छन्।

 

सभापतिका उम्मेदवार आशिष देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताएका छन्।

 

‘क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्टले प्रशासनको दुरूपयोग गरी बुथ क्बजा गरी स्ववियु निर्वाचन गर्न खोज्दा मैले औंला उठाएँ, बोलेँ, रोक्न खोजेँ तर मेरो केही सिप चलेन,’ उनले भनेका छन्, ‘मलाई प्रहरीले कुट्यो। क्याम्पस प्रशासनले रोकेन। सबै टुलुटुलु हेरेर बसे।’

 

स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि शुक्रबार जम्मा १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले भने गत चैत ५ मै गर्ने तयारी रहेको चुनाव नेविसंघले तालाबन्दी गरेका कारण रोकिएको प्रतिक्रिया दिएको छ। नेविसंघका केहीले मतपत्र च्यात्न खोज्दा धकेलाधकेल भएको क्याम्पस प्रशासनको भनाइ छ। 

 

चुनावमा नेविसंघले भाग लिएको थिएन।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्