लागुऔषधसहित ३ जना पक्राउ
कास्की | जेठ २७, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबाजार नगरपालिका ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका ३ बस्ने २० वर्षिय मनीष पौडेल रहेका छन् ।
कास्की प्रहरीका अनुसार उनीहरुलाई गत २५ गते करिब साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पोखरा ९ नागढुंगाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ७० एम्पुल डाईजापाम,१२० एम्पुल फेनेरागन, ९५ एम्पुल नुर्फिन गरी कुल २८५ एम्पुल लागुऔषध र ४ थान मोबाइल बरामत गरेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।
उनका अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकोे छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

