पवित्र वचतको सरसफाई पृथ्वीचोकमा

पाेखरा | चैत २०, २०७९

पवित्र वचतको सरसफाई पृथ्वीचोकमा

पोखरा: पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्था लिं.ले ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आइतबार पोखराको मुख्य वजारक्षेत्र पृथ्वीचोकमा सरसफाई गरेको छ ।


रानाभाट तथा भाट समाजद्धारा २०६८ सालमा स्थापना भएको सहकारीको प्रधान कार्यालय पृथ्वीचोकस्थित पोखरा मलमा रहेको छ । सहकारी दिवसको अवसरमा आफ्नो कार्यलय परिसर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकोले पृथ्वीचोकमा सरसफाई गरिएको सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले वताए ।


२०६८ सालमा रानाभाट समाजका ४८ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल १३ सयको करिब शेयर सदस्य छन् । उक्त सरसफाइ कार्यक्रममा पदाधिकारी तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको व्यवस्थापक अप्सरा रानाभाटले वताईन् ।

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्