जिप दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडाैं | जेठ २७, २०७९
गर्खाकोट: जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिपमा ११ जना सवार रहेका थिए । घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

