‘प्रज्ञा उत्सव’ कार्यक्रम गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म हुने

पाेखरा | जेठ २७, २०७९

‘प्रज्ञा उत्सव’ कार्यक्रम गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

पोखरा :     गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 

जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ  । 
यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ ।

 

  यसैगरी पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहनेछ ।

 

कार्यक्रम गर्नुको मुख्य उद्धेश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फÞत हौसला बढाउन मात्र नभएर श्रस्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उहाँले खुलाउनुभयो । यस्ता कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन सहयोगी बन्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको विश्वास छ ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गन क्रियाशिल बन्ने उपकुलपति गोरे गुरुङले बताउनुभयो । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उहाँको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमा नै प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।  
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्