८ अंकले घटेर बन्द भयो नेप्से परिसूचक

काठमाडाैं | चैत २३, २०७९

८ अंकले घटेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार ८ अंक बढिले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले घटेर ३५३.०३ विन्दुमा पुगेको छ।

 

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेको थियो। सो दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको सेयर कारोबार भएको थियो।

 

यसदिन बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ।   आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो।

 

दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शनको ९.९८ र सिटिजन्स म्‍युचुअल फन्डको ९.९४ प्रतिशतले बढ्यो।

 

स्यामलिङ पावर कम्पनीको ७.४३ प्रतिशतले सेयर मूल्य घटेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीषस्थानमा रह्यो।  सो कम्पनीको ४ करोड ९२ लाख ६७९ रुपैयाँको सेयर कारोबार भयो।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को घट्यो भने ३ को मात्रै बढ्यो। ​​​​​​​बैंकिङ उपसमूह,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ० प्रतिशत बढिले बढेको हो।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्