एक साताका लागि तातोपानी नाका बन्द

काठमाडाैं | चैत २८, २०७९

एक साताका लागि तातोपानी नाका बन्द

सिन्धुपाल्चोक:  एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो ।

 

चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्