सहजै अमेरिका र कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने पक्राउ
काठमाडाैं | चैत २९, २०७९
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै करोडौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थायी घर भएका हाल बुढानिलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
सूचना अधिकृत प्रहरी उपरीक्षक राठोरका अनुसार पक्राउ परेका राणाले सयौं व्यक्तिलाई वैदेशिक रोजगारीका लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइ दिने भन्दै पीडितबाट करोडौं रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

