कान्छी प्राध्यापक डा. उर्मिलाको निधन, सहयोग सङ्कलन रोकिदिन परिवारको आग्रह
काठमाडाैं | चैत ३०, २०७९
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचारत उनको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उनका भाई राजेन्द्र प्याकुरेलले जानकारी दिए ।
दिवंगत प्याकुरेलको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व.प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुन् । उनले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा भएकी थिइन् ।
व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उहाँ अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर वोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा थिईन । उनको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।
जर्मनी र नेपालमा रहँदाको उपचार खर्च करिब साढे चार करोड रुपियाँ आफैँले खर्च गरेसकेकी उनले पछिल्लो समय क्यान्सरको नवीन र महँगो उपचार गर्नु परेकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी थिइन् ।
उनले गर्नुपरेको नयाँ उपचार इम्युनोथेरापीको एक उपचार चक्रको मात्र करिब चार लाख रुपियाँ पर्ने र हरेक २१ दिनमा करिब एक वर्ष उपचार गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २४ गते सहयोगको अपिल गरेकी थिईन । तर दुई उपचार चक्र पूरा नहुँदै उहाँको निधन भएको हो ।
उनले आह्वानका कारण नेपाल र विदेशबाट पनि सङ्कलित रकम र खर्चको विवरण दैनिक सामाजिक सञ्जालबाट आफैँले सार्वजनिक गरेकी थिइन् ।
उनको अप्रत्यासित निधन भएका कारण अबदेखि त्यस्तो सहयोग रोक्न उहाँको परिवारले अपिल गरेको छ ।
उनका भाई प्याकुरेलले भने, “उहाँको उपचार सहयोग सङ्कलनका लागि थालिएको अभियान अन्त्य भएको व्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउँछौँ । यहाँहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरुले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको सङ्लित स्रोतलाई उहाँकै स्मृतिमा यहाहरुसँगको परामर्शमा उपयोग गरिने व्यहोरा अवगत गराउँछौँ ।”
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

