लिङ्देनले गरे ८४ औं पटक रक्तदान

काठमाडाैं | बैशाख १, २०८०

लिङ्देनले गरे ८४ औं पटक रक्तदान

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।

 

नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्।

 

लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि गरेका छन्। लिङ्देनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई नयाँ वर्षका अवसरमा शुभकामनासमेत दिएका छन्।

 

कार्यक्रममा राप्रपा महामन्त्री धवलशम्शेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा लगायतले पनि रक्तदान गरेका थिए।

 

५७ जनाले आज रक्तदान गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनाएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्