रामेछापमा सडक महोत्सव सुरु
काठमाडाैं | बैशाख १, २०८०
रामेछाप : रामेछापमा शुक्रबारदेखि सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ।
नयाँ वर्ष २०८० सालका अवसरमा महोत्सव आयोजना गरिएको हो। महोत्सव शनिबार साँझसम्म सञ्चालन हुने छ।
प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङले उद्घाटन गरे। महोत्सवमा रामेछापकाका ९ वटा जातजातिको झाँकी एवं जातीय संस्कार झल्कने नृत्य प्रस्तुत गरिएको छ।
१९ वटा स्टलमा जिल्लामा उत्पादन गरिएका उत्पादित खाद्यान्न तथा हस्तकलाका वस्तुहरू राखिएको छ। जातीय पहिचान झल्कने खानेकुराहरू पनि राखिएको छ।
समारोहमा झन्डै २ हजारको सहभागिता रहेको आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापका सचिव यज्ञप्रसाद सुवेदीले जानकारी दिए।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

