रुबिना आबद्ध बार्मी आर्मी सेमिफाइनलमा स्तब्ध
पाेखरा | बैशाख २, २०८०
पाेखरा: हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ ।
कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो ।
आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् ।
मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् । आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् ।
रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

