एमाले अध्यक्ष केपी ओली अस्वस्थ
पाेखरा | बैशाख ३, २०८०
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एव् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

